काठमाडौं - नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला अन्तर्राष्ट्रिय शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको छ।

चार खेलमा २-२ को बराबरीपछी निर्णायक बनेको पाँचौं टी-२० मा नेपाल तीन विकेटले विजयी भएको हो । 

क्वालालम्पुरमा आइतबार टस हारेर ब्याटिङ थालेको मलेसियाले पाँच विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालका लागि सीता राना मगरले सर्वाधि ३४ रन जोडिन्। यस्तै, रुबिना क्षेत्रीले २३ तथा ज्योति पाण्डेले ११ रनको योगदान गरे।

मलेसियाका लागि अनिना हासिमले दुई तथा महिरा स्माली, विनिफ्रेड दुराइसिङ्घम, ऐस्या फिर्दाज र नुर सामदले एक–एक विकेट लिए।

पहिलो इनिङमा मलेसियाकी वान जुलिया रोस्दीले सर्वाधिक ४७, दुराइसिङ्घमले २४ र स्मालीले २० रन जोडिन्।

बलिङतर्फ नेपालका लागि कविता जोशीले दुई तथा इश्वरी विष्टले एक विकेट लिइन्। यो खेलसँगै नेपालले पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।