काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार लिग तालिकाको पुछारको टोली एफसी खुमलटारसँग सातदोबाटो युथ क्लब स्तब्ध भएको छ ।

दशरथ रंगशालमा भएको खेलको ३८ औँ मिनेटमा खुमलटारका मेसुके ओलोमोउको एक मात्र गोल गर्दै खुमलटारलाई १-० ले जित दिलाए ।

जितपछि पनि २० खेलबाट २१ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ । तेस्रो स्थानको जावलाखेलसँग अंक दूरी कम गर्ने मौका गुमाएको सातदोबाटो २० खेलबाट २९ अंकसहित चौथो स्थानमै छ । 

त्यसैगरी, आजै सातदोबाटोस्थित एनेफा कम्प्लेक्समा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले थ्री स्टारलाई १-० ले पराजित गरेको छ ।

पुलिसका लागि अहमद हिजाजीले २८ औँ मिनेटमा खेलको एक मात्र गोल गरे ।

जितसँगै २० खेलबाट २५ अंक जोडेर पुलिस आठौं स्थानमा उक्लेको छ । २० खेलबाट २५ अंक जोडेको थ्रीस्टार छैटौं स्थानमा छ ।