काठमाडौं - ओमानलाई डीएलएसमा २ रनले हराउँदै युएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। 

मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि ओमान २ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३ बल अगावै अलआउट हुँदै २३६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाउँदा खेल वर्षाले प्रभावित भएको थियो। ४३औं ओभरको समाप्तिमा विकेट गुमाएपछि डीएलएसमा ओमानको हार निश्चित भएको थियो। 

नेपाल र युएईबीचको फाइनल खेल सोमबार त्रीवि क्रिकेट मैदानमा हुनेछ।