काठमाडौं - नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ।
शनिबार त्रीवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो।
समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
शनिबार भएको सेमिफाइनल खेलमा टस हारेर ब्याटिङ गरको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। वर्षाले खेल प्रभावित भएपछि ५० ओभरको खेलमा ४२ मा झारिएको थियो।
२८२ रनको जवाफी ब्याटिङ गरेको कुवेतले भने ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाएको थियो। त्यसपश्चात निरन्तर पानी पर्न थालेपछि खेल नतिजाविहीन बनेको थियो।
0 comment