काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर फिल्डिङ रोजेका थिए। टस हारेर ब्याटिङ थालेको नेपालले १७ औं ओभरमा १०० पूरा गरेको थियो। त्यसपछि २३ ओभर पूरा भएर २४औं ओभरको दोस्रो बलपछि खेल रोकिएको छ। 

नेपालका लागि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाएर अद्नान इद्रियसको बलमा आउट भएका थिए। कुशल आउट भएसँगै क्रिजमा उत्रिएका भीम सार्की एक रन बनाएर मोहम्मद अस्लमको बलमा आउट भए। आसिफ शेख २८ बलमा एक चौका र तीन छक्कासहित ३१ रन जोडेर आउट भएसँगै नेपालले तेस्रो विकेट गुमाएको थियो।

खेल रोकिनु अघी कप्तान रोहित पौडेल १६ तथा कुशल मल्ल ११ रन बनाएर खेलिरहेका थिए। नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर एक सय पाँच रन बनाएको छ।

वर्षाका कारण साँझ पाँच बजेसम्म खेल हुन नसके समूह चरणमा विजेता बनेको नेपाल फाइलनमा पुग्नेछ। यद्यपि, त्यसअघि सुपर ओभर मात्र हुने अवस्था भएपनि खेल हुनेछ।

आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्।