काठमाडौं - ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिलाल खानको चार विकेटप्रेरित ओमानले एसीसी मेन्स प्रिमियर कपमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरकेो हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले ६ विकेट गुमाएर ३६६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको साउदीले ४६.५ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ९४ रन मात्रै बनाउन सक्यो।

साउदी अरबका लागि ओपनर अब्दुल वाहिदले ८६ बलमा १४ चौका र एक छक्हासहित ९५ रनको शानदार इनिङ खेले। यस्तै, साद खानले ८० बलमा १० चदका र एक छक्कासहित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, हिशाम शेखले ३६ तथा अब्दुल वाहिदले २५ रन जोडे।

ओमानका लागि ८.५ ओभरमा बिलालले ७५ रन खर्चिँदा सर्वाधिक चार विकेट लिएका थिए। जे ओडेड्राले तीन तथा जिशन मक्सुदले दुई तथा आयान खानले एक विकेट लिए।

जतिन्दर सिंहको ८८ रनप्रेरित ओमानले पहिलो इनिङमा साउदी अरबलाई ३६७ रनको लक्ष्य दिएको थियो। 

यस्तै, कश्यप प्रजापतिले ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, सोएब खान ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन जोडेर आउट हुँदा कप्तान जिशन मक्सुद ५४ रन जोडेर आउट भए। मोहम्मद नदिमले ३८ बलमा ६ चौका र चार छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ खेले।

साउदीका लागि अतिफ उर रेहमानले सर्वाधिक तीन विकेट लिए। यस्तै, अब्दुल वाहिदले  दुई तथा अब्दुल वाहिदे एक विकेट लिए।