काठमाडौं - मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोलको नतिजामा पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

चौथो मिनेटमा सुनील खड्काले दिएको क्रसमा पेनाल्टी एरिया भित्र उत्कृष्ट रन बनाएका एन्कोटो मासोयाबीले उत्कृष्ट फिनिसिङ गरेका थिए। 

निर्धारित समयसम्म १–० ले पछि परेको मनाङविरुद्ध इन्जुरी समयमा ६ यार्ड बक्स भित्र अन्मार्क्ड फोफानाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै तीन अंक सुनिश्चित गरिसकेका थिए। सम्हालिन नसकेको मनाङले अन्तिम समयतिर फेरि गोल खायो। फोफानाले दिएको पासमा उत्कृष्ट रन बनाउँदै मनाङको अफसाइड ट्र्याप बिट गरेका मासोयाबीले व्यक्तिगत दोस्रो गोलसहित ३–० को जित दिलाए।

जितसँगै ९ खेलबाट १७ अंक जोडेको जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंकसहित मनाङ तेस्रो स्थानमा झरेको छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेलेका छन्। 

खेलको पहिलो मिनेटमै ओमोलाजा नुरेन करिमले ३९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। स्टेफनले ६७औं मिनेटमा एनआरटीका लागि बराबरी गोल फर्काएका थिए। 

बराबरीसँगै मछिन्द्र ९ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ९ खेलबाट सात अंक जोडेर ११औं स्थानमा उक्लिएको छ।

आजै दशरथ रंगशालामा भएको दोस्रो खेलमा एफसी खुमलटारले विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले पराजित गरेको छ । 

मेसुके ओलोमोउको दुई तथा कप्तान रेजिन सुब्बाको एक गोलमा खुमलटारले रोमाञ्चक जित निकालेको हो ।

खेलको सातौं मिनेटमै मेसुकेले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर १८ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

मेसुकेले २७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २-१ को अग्रता बनायो । कप्तान रेजिनले ५२ औं मिनेटमा गोल गरेपछि खुमलटारलाई अग्रतालाई ३-१ मा पुर्‍याए ।

अन्तिम मिनेटमा सुशान्त चौधरीले आर्मीका लागि गोल गरेपनि हार टार्न पर्याप्त भए । जारी लिगमा खुमलटारको यो तेस्रो जित हो । 

तेस्रो जितपछि ९ खेलबाट १० अंक जोडेको खुमलटार दशौँ स्थानमा उक्लेको छ । तेस्रो हार बेहोरेको आर्मीको ९ खेलबाट १२ अंक छ र सातौं स्थानमा झरेको छ ।