काठमाडौं - यू–२० महिला एसिया कप छनोट दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ ।

एसियाली फूटबल महासंघ (एएफसी)ले आज सार्वजनिक गरेको तालिका अनुसार दोस्रो चरणमा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेईसँग समूह ‘बी’ मा परेको छ। त्यसैगरी समुह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, ईरान र लेबनान रहेका छन् । दोस्रो चरणका खेल जुन ३ देखि ११ सम्म आयोजना हुनेछन्।

दोस्रो चरणबाट शीर्ष दुईमा परे नेपाल एएफसी यू-२० महिला एसिया कपका लागि छनोट हुनेछ। सन् २०२४ को यू-२० महिला एसिया कप मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा आयोजना हुनेछ। 

एसिया कप छनोटको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० गोलको नतिजामा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो।