काठमाडौं - साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ ।

ढाकाको मुस्तफा कमल स्टेडियममा भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले ह्याट्रिक गरिन् ।

खेलको १० औं मिनेटमा शाजीले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी हुन् । ४० औं मिनेटमा पुन शिलजीले किपरलाई वान एण्ड वानमा बिट गर्दै दोस्रो गोल गरिन् । नेपालको निकै फितलो डिफेन्स र गोल रक्षक अगाडि बढेको अवस्थामा भारतका लागि पुजाले तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३–० ले पछी परेको नेपालका लागि बर्षा ओलीले खेलको ५४ औं मिनेटमा एक मात्र गोल गरिन् । 

खेलको ८१ औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।