काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा अपराजित मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ ।

दशरथ रंगशालमा भएको खेलमा रोशन राना मगरले ३९औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । सायीदजमोल दाभ्लातजोनोभले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । कोफी टिमोथी कोउडोले ८७औं मिनेटमा गोल गरेपछि मनाङले ३-० को अग्रता बनाएको थियो । 

एनआरटीका लागि अशोक थापाले इन्जुरी टाइममा एक गोल फर्काए । 

जितछि चार खेलबाट ८ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ र उसले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र दोस्रो स्थानको सातदोबाटो युथ क्लबसँग अंकदूरी १ मा झारेको छ ।

यस सिजन चौथो चरणको खेल सकिँदा चर्च ब्वाइज र मनाङ मात्र अपराजित छन् । यसअघि तीन खेलमा जम्मा दुई गोल मात्र गरेको मनाङले एनआरटीविरुद्ध तीन गोल गरेको हो ।

तेस्रो हार बेहोरेको एनआरटीको चार खेलबाट १ अंक मात्र छ ।