काठमाडौं - इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ। 

गत वर्षको फागुनमा ओमानमा भएको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आयरल्यान्डका एन्डी म्याकब्राइनलाई रन आउट नगरेका कारण आशिफले अवार्ड जितेका हुन्।

आयरल्यान्डका म्याकब्राइन रन लिन दौडिँदा नेपाली बलर कमल सिंह ऐरीसँग ठोकिएर लडेका थिए। उनी लडेपछि रन आउट गर्ने मौका हुँदा हुँदै पनि आशिफले उच्च खेल भावना देखाएर उनलाई आउट गरेनन्।

यसअघि आशिफले आईसीसी अवार्ड २०२२ को स्पिरिट अफ क्रिकेट अर्वाड पनि जितेका थिए। योसँगै आशिफ सीएमजे र आईसीसीबाट स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।