काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पाले ३१ औं मिनेटमा पेनाल्टी पाए पनि निशान लिम्बुले गोल गर्न सकेनन् । उनको प्रहार पुलिसका शत्रुघन चौधरीले बचाएका थिए । अमृत श्रेष्ठले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले पुलिसलाई हराएर लिगमा पहिलो जित निकालेको हो ।

यसअघि पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दीलाई पराजित गरेको थियो । जितसँगै हिमालयन शेर्पाले दुई खेलबाट ४ अंक जोडेको छ । 

पुलिसले भने लगातार दोस्रो हार बेहोरेको छ । पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको थियो । लगातार दुई हारपछि पुलिस अंकविहिन छ ।