काठमाडौं - जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्यादी क्लबले पहिलो जित हात पारेको छ ।

उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङले संकटालाई १-० ले पराजित गरेको हो ।

बुधबार दशरथ रंगशालामा भएको खेलको ५१ औं मिनेटमा दाभ्लातजोनोभले मनाङलाई ३ अंक दिलाउन निर्णायक गोल गरे ।

पहिलो खेलमा अग्रता लिएर पनि हिमालयन शेर्पासँग बराबरि खेल्दै अंक बाँडेको मनाङले यो जितपछि दुई खेलबाट ४ अंक जोडेको छ ।

पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरिमा रोकिएको संकटाको १ अंक छ ।