काठमाडौं - आजबाट सुरु भएको शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलको १४ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले अग्रता लिएको थियो। दोस्रो हाफमा मनाङमाथि निरन्तर आक्रमणको मौका पाएको हिमालयनका लागि खेलको ८५ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेल बराबरीमा ल्याउए।

बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले एक–एक अंक बाँडेका छन्।