काठमाडौं - युएईमा जारी आईसीसी विश्वकप लिग-२ त्रीदेशिय शृंखला अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपाल तीन विकेटले विजयी भएको छ।

टस जितेर ब्याटिङ गेरको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा उत्रेको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै  १८२ रन बनाउँदै पीएनजीविरुद्ध ३ विकेटको जित हात पार्‍यो।

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए। आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछाने ३५ रन बनाएर अविजित रहे। आसिफ र लामिछानेले उत्कृट साझेदारी खेलेपछि नेपालको विजयी सुनिश्चित भएको हो। 

त्यसअघि २३ रन बनाएका कुशल मल्ल बाहेक कुनै नेपाली खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन्। 

पीएनजीका लागी टोनी उराले ३९, हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन बनाएका थिए। 

पीएनजीका लागी अस्साद भालाले ३ विकेट लिए भने सेमो कामीया र सेसे बाउले स्मान २-२ विकेट लिए । नेपालका लागि दिपेन्द्र सिंह एरी र सोमपाल कामीले २-२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १-१ विकेट लिए । 

यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ।