काठमाडौं – कञ्चनपुरमा ५० हजार बराबरको अवैध भन्सार छलिका सामानसहित ६ जना पक्राउ परेका हुन ।

भिमदत्त नगरपालिका १० र ११ बाट भन्सार छलिका फलफुल, प्लाष्टिक कुर्सी र प्लाष्टिक बाटा लगायतका अन्दाजी  ४९ हजार ९ सय बराबरको सामान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

उनीहरुलाई भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाइ थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।