काठमाडौं - काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर पूर्वन्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने पाँच जना पक्राउ परेका छन् । 

पूर्वन्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै पाँच जना महिलाले संसद भवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पूर् न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत, सरिना फुयाललाई पक्राउ गरेको छ ।

श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्  ।

पक्राउ परेका महिलाहरुले संसद भवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।