काठमाण्डौ – लागुऔषध कारोबारमा संलग्न ६ विदेशी सहित १३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन ।

यसरी पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा, भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती रहेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए ।