काठमाडौं - लामो समयदेखि अलपत्र परेको रौतहटको लालबकैया नदीमाथिको निर्माणाधीन पुल यथाशीघ्र सम्पन्न गर्न माग गर्दै एक सञ्चारकर्मी अनसन बसेका छन्।
रौतहटको गौर-टिकुलियास्थित लालबकैया नदीमा पप्पु कन्ट्रक्सनले अलपत्र परेको पुललाई यथाशीघ्र निर्माणका लागि नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी सोमबार साँझ ७ बजेबाट आमरण अनसनमा बसेका हुन्।
सहनीले आफ्नो अभियानलाई सकारात्मक सोचका साथ हेरिदिन र निस्वार्थ ढंगले सहयोग गर्न अनुरोध गरेका छन्।
आमरण अनसन बसेका सहनीले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री, सभामुख, पूर्व मन्त्री, मुख्यमन्त्री, सभामुख, संसद, पूर्व सांसद, स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पूर्णमा पुल निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।
रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० वर्ष पुग्नै लाग्दा समेत अलपत्र छ।
सम्झौताअनुसार २०७४ माघ २९ मा काम सम्पन्न गर्नुपर्ने थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए।
तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर-औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो।
0 comment