काठमाण्डौं – दाङ्गमा श्रीमानको कुटाईबाट श्रीमती गम्भिर घाइते भएकी छिन् । 

घाइते हुनेमा पश्चिम दाङको दंगीशरण गाँउपालिका ४ बैबाङ निवासी ५० वर्षीय मिना खड्का रहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।

घरायसी कुराको सामन्य बिबादका कारण उनका पती ५३ वर्षीय श्रिमान दुर्गा प्रसाद खड्काले कुटपिट गर्दा श्रिमती मिना गम्भिर घाइते भएकी हुन् । 

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएको प्रहरीले जनाएको छ । श्रीमान दुर्गा प्रसाद खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।