काठमाण्डौं – पश्चिम दाङको बबई गाउँपालिका २ स्थित बिसौनीडाँडा भन्ने स्थानमा जीप र बस एकआपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।
आज शुक्रबार बिहान साढे ८ बजेतिर सल्यान कालिमाटीबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज ११७१ नम्बरको जीप र विपरीत दिशातर्फबाट जादै गरेको ना ४ ख ६१५९ नम्बरको बस एक आपसमा ठोक्किदा १४ जना घाइते भएका हुन् ।
यसरी घाइते हुनेहरुमा सल्यान कालिमाटी गाउँपालिका ३ निवासी चन्द्र विक जिप चालक सोही ठाउँ निवासी ४० वर्षिय मंगल बुढाथोकी, ३६ वर्षिय मञ्जु थापा, १३ वर्षिय हिमा थापा, ४० वर्षिय देउकली सरा थापा, ३३ वर्षिय डिल्लीराज थापा, २२ वर्षिय रुपसी थापा, ३३ वर्षिय मिना पुन, २४ वर्षिय जुनु सारु, उनका छोरा ५ वर्षिय केबिन थापा, ३६ वर्षिय होतिसरा रुचाल, ४० वर्षिय सशीकला थापा, ४० वर्षिय भिम बहादुर विक, बस चालक ३८ वर्षिय चुडामणी विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
बस र जीपलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
0 comment