काठमाडौं - काठमाडौंमा सात वर्षीया छोरीको घाँटी रेटी हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार काठमाडौंको पुरानो बानेश्वर बस्ने अनुदाजी ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।
फार्मेसी सञ्चालन गर्दै आएका रामेछाप घर भएका भण्डारीले अपांगता भएका छोरीको हत्या गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए।
'फरक क्षमता भएका नाबालिक छोरीको घाँटी रेटी हत्या गरेर आत्महत्या गरेको रहेछ। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,' उनले भने।
0 comment