काठमाण्डौं – रुपन्देहीमा गएराति रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्
यसरी दर्घटनामा ज्यान गुमाउनेमा बसका सहचालक तनहुँ भिमाद नगरपालिका –५ का २१ वर्षीय हरिश तिवारी रहेको प्रहरीले जनाइएको छ । दर्घटनामा परी घाईते हुनेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे रहेका छन् ।
घाइतेको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किदां दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
0 comment