काठमाडौं - सर्वोच्च अदालतले जुनसुकै तहमा कार्यरत बहालवाला कर्मचारीलाई उमेर हद लगाएर प्रतिस्पर्धामा नरोक्न अन्तरिम आदेश दिएको छ। 

सर्वोच अदालतका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको हो।

लोकसेवा आयोगलाई विपक्षी बनाएर रिट परेको थियो। निजामती सेवाका विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्दा बहालवाला कर्मचारीहरूलाई उमेरहद नलाग्ने आदेशमा उल्लेख छ।

यो आदेशसँगै समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूलाई माथिल्लो तहमा प्रतिस्पर्धा गर्न उमेरको बन्देज लाग्ने छैन।