काठमाडौं - निर्वाचन आयोगले कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज नहुने बताएको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलविरुद्ध व्यक्तिले उजुरी दिँदैमा दल खारेज गर्न नमिल्ने बताएका हुन् । तर, विधि र प्रक्रिया पुर्‍याएर दल दर्ता खारेज गर्न सकिने थपलियाले बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगीत गर्दै प्रमुख आयुक्त थपलियाले भने,‘राजनीति गर्ने मान्छेहरू राष्ट्र र जनताप्रति बफादार र इमान्दार बनेर काम गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले फर्जि र झुटो विवरण पेश गरेर कुनै काम गर्नुहुँदैन । ’ 

रास्वपाको दल दर्ता खारेजीको माग गर्दै नेपाली नागरिकको तर्फबाट युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिएका छन्।