काठमाण्डौं – भक्तपुर सूर्यविनायक नगरपालिका–९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २१ वर्षीय भक्त नेपाली रहेको प्रहरीले जनाएको छ । उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरी आवश्यक अनुशन्धान भैरहेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।