काठमाडौं - चितवनमा ईभी कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृत्यु हुने व्यक्ति नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक अमर पराजुली हुन् ।
आज बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी हुँदा उनको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा कार गुडिरहेकै अवस्थामा आगलागी भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


0 comment