काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनशाकारी बाढीबाट प्रभावितका लागि सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ एक सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालकहरू दिवस नेउपाने,शशी नेउपाने, विमल सवर्थिमा र तेन्जिङ् तामाङ्सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिए । 

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । रकम हस्तान्तरण गर्दै सञ्चालक शशी नेउपानेले विपत्तिको कठिन घडीमा सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै निजी क्षेत्र पनि नागरिकको सहयोगमा समर्पित हुने प्रयास गरेको बताए । 

सर्वोत्तमले यसअघि देशमा आइपरेको महाभूकम्प, कोरोनालगायतका विपत्तिमा समेत आर्थिक र अन्य मानवीय सहयोग उपलब्ध गराउँदै आएको उद्योगले जनाएको छ ।