काठमाडौं - नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति गरेकाे छ। विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनःस्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेको छ।
यसै क्रममा, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग प्रदान गरेको छ।
वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरे। विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको हो।


0 comment