काठमाडौ – योग प्रेमी परिवार नेपालको ८ औं केन्द्रीय सभा (साधारण सभा) सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन सत्र भएको थियो । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख अधिकारीले योग प्रेमी परिवार नेपाल योग ध्यानका लागि राम्रो काम गरेको यो पवित्र कार्यले मानव जीवनमा स्वाथ्य राख्न निकै ठूलो मद्दत पुग्ने कुरा उल्लेख गर्दै अव सबै वटा कार्यालयको छटमा ट्रस्ट राखेर योग गर्ने वातावरण मिलाउनका लागि आफ्नो ध्यान केन्द्रित हुने समेत बताउनु भयो ।
संस्थाका अध्यक्ष श्री भीमप्रसाद आचार्यको सभाध्यक्षता, वरिष्ठ योग प्राकृतिक चिकित्सक डा. हरि प्रसाद पोखरेलको विशिष्ट आतिथ्यतामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्षले साधारण सभामा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी आर्थिक प्रतिवेदन , लेखा परीक्षण प्रतिवेदन कोषाध्यक्ष सुनोज श्रेष्ठले सभामा पेस गर्नु भएको थियो । योग गुरु भानु भक्त दाहालले योगका फाइदाहरु विस्तृत जानकारी गराउनु भएको थियो । साधारण सभाले आगामी २ वर्षका लागि श्री भीम प्रसाद आचार्यको नेतृत्वमा नयाँ केन्द्रीय समितिको चयनसमेत गरेको थियो । अध्यक्ष ः भीम प्रसाद आचार्य, उपाध्यक्षः रवि प्रसाद पौड्याल, महासचिवः भरत गुरुङ, सचिवः विर वहादुर थापा, कोषाध्यक्षः दिपा गुरुङ ,सह–कोषाध्यक्षःसावित्रा देवी कार्की, सदस्यःदुर्गामणि सिग्देल, सदस्यःरेशम पंण्डीत, सदस्यःसरस्वती चौलागाईं, सदस्यःइन्दिरा पराजुली, सदस्यःगंगा देवी धमला गरी ११ जना रहनु भएको छ । योग प्रेमी परिवार नेपालले देश व्यापी रुपमा योग ध्यानको अभियान चलाउदै आएको नवनिर्वाचित अध्यक्षले बताउनु भयो ।

0 comment