काठमाडौं - उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा नं. ४ नाम्रुङका नुर्वु ओङ्ग्याल(नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।
बाढीबाट मानवीय क्षति भने भएको छैन । बाढी आएको बारे थाहा पाएर स्थानीयबासी भागेर ज्यान जोगाएका उनले बताए ।
बाढीले सोही ठाउँको झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने भएका छन् । तर अल्पकालीन रुपमा हिड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने लामाले बताएका छन् ।


0 comment