काठमाडौं - माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै  उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १:२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।  

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।