काठमाडौं - माथिल्लो त्रिशूली ३‘ए’जलविद्युत् आयोजनामा फसेकाको उद्धारका क्रममा एक जनाको शव फेला परेको छ । उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको संयुक्त टोलीले शव फेला पारेको हो । शवको सनाखत हुन सकेको छैन ।

शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो। उनीहरुलाई जिवितै उद्धार गरेर सुखद सुरुवात गरेको टोलीले एकजनालाई मृत अवस्थामा फेला पारेको हो । शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।