काठमाडौं - झापाको अर्जुनधारामा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।  

ठक्कर दिने मोटरसाइकल र चालक इलामको सूर्योदय नगरपालिका–११ का २८ वर्षीय रुपेश राईलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।