काठमाडौं - लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ।

मर्स्याङ्दी गाउँपालिका-३ ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो।

पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लागिपरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’ गठन गरिएको छ।