काठमाडौं - काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । भाद्र १० गतेको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिरको सडक कटानमा परेपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको हो ।

पहिरोपछि ग्यास बुलेट आउन नसक्दा ग्यासको आपूर्ति ठप्प भएको छ । जसका कारण उपभोक्ताहरु मर्कामा परेका हुन् । सहज रुपमा ग्यास उपलव्ध हुन नसक्दा उपभोक्ताहरु खाली सिलिण्डर लिएर ग्यास कम्पनीमा पुगेका छन् भने ठूला डिलर लगाएत बिक्री केन्द्रमा खाली सिलिण्डरको लामो लाइन देखिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं आउन नसकेपछि उपत्यका बाहिर नै सिलिण्डरमा भरेर ल्याउने तयारी गरिएको छ ।