काठमाडौं - मकवानपुर जिल्लाको इन्द्रसरोवर २ कुलेखानीमा मिनिट्रक दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन् ।
एकजना गम्भीर घाईतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । हेटौडाबाट फर्पिङ जाँदै गरेको मिनिट्रक आज बिहान करीब साढे ४ बजे दुर्घटनामा परेको हो। मिनिट्रक करिब २०० मिटर तल खसेको भीमफेदी इलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक सनम मल्लले जानकारी दिएका छन् ।
चालक पुष्पराज भुजेल भन्ने गौतम भुजेल सिकिस्त रहेको उनको उपचारको लागि काठमाडौँ पठाइएको छ। गाडीमा सँगै रहेका आफन्त रमेश परियार भने अझै फेला परेका छैनन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको थप अनुसन्धान भइरहेको जनाएको छ।


0 comment