काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टीका रविलामीछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेपछि उनी पार्टी सभापतिमा नियुक्त भइसकेका छन् । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दावी रहेको बताएको छ ।
यसले गर्दापनि लामिछाने गृहमन्त्री हुने लाइनमा छन् तर, माओवादी केन्द्रले लामिछानेलाई गृह मन्त्री बनाउन आनाकानी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै महराले गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताएका छन् । पार्टीको प्रवक्तासमेत रहेका महराले भने, आजको बैठकमा गृहमन्त्रीबारे कुनै कुरै भएन । गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्री आफैंले निर्णय गर्नुहुन्छ, यो सरकारको विषय हो । यसबारे स्थायी समितिमा कुरा होला ।
पार्टीको आज बसेको पदाधिकारी बैठकमा अधिकांसले गृहमन्त्री आफ्नै पार्टीका हुनुपर्नेमा बताएका थिए । सर्वोच्च अदालतले नेपाली नागरिक नरहेको ठहर गरेपछि रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
0 comment