मकवानपुर:बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट सयुक्त रुपमा खटिएको प्रहरी  टोलिले एक जनालाइ लागू औषध सहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा
जिल्ला  मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१६ पुर्बेली दमार बस्ने बर्ष २१ को रंजन भोम्जन रहेका छ्न।

भोम्जनको घर खानतलासी गर्दा निजले आफ्नो कोठा भित्र लुकाइ छिपाइ गरि राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रामाडोल ४८६० क्यापसुल, नाइट्राजेपाम ३०  ट्यावलेट फेला परेको हुदा उक्त लागू औषध सहित निज रंजन भोम्जन र निजले प्रयोग गर्ने बा ३१ प ७१९२ नं.को VR मो.सा.,बा ८४ प ६०७० नं.को अपाचि मो.सा.र एक थान चक्कु सहित नियन्त्रणमा लिइ सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागू औषध कसुर मुद्दामा म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको छ । 

साथै anti coff- १०४० ट्याबलेट समेत बरामद गरिएको हुदा औषधि बिभाग कार्यालय बिरगंज पर्सा सग समन्वय गरि आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।