काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र जलविद्युत् कम्पनीहरूको तर्फबाट १३ करोड १ रुपैयाँ सहयोग गरिएको छ । आफ्नै विद्युत् आयोजना बाढीले बगाएर ठूलो क्षति पुर्याएको भए पनि नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा उक्त रकम सहयोग गरिएको
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए ।
बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग रकम ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व भएको जनाउँदै उनले यस्तो विपद्मा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार रहेको बताए ।
भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी १२ वटा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको बताएको छ । बाढीकै कारण करिब ४ सय ३१ मेगावाट विद्युत उत्पादन क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको इप्पानका महासचिव टीएन आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


0 comment