काठमाडौं - भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्बारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति केन्द्रित विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
विशेष प्रस्तावमार्फत बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, मृतकका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक कदम चाल्न आग्रहसमेत गरिएको छ।


0 comment