काठमाण्डौं – दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक व्यक्ति घाइते भएका छन । 

यसरी घाइते हुनेमा तुलसीपुर १२ निवासी २९ वर्षीय हेमन्त थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर बाट जसपुर तर्फ जादै गरेको भे ११ प १३४१ नम्बरको मोटरसाइकलले उनलाई सोमबार बिहान ७ बजेको समयमा टरीगाँउ नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।

घाइतेको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटर साईकल चालकको साथमा लाईसेन्स ब्लुबुक केहीपनी नभएको र मोटरसाइकल सहित उनलाई नियन्त्रनमा लिएको प्रहरीले जनाएको छ ।