काठमाडौं - त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा अञ्जना सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । 

उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् । सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिने बताइएको छ । 

शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् । 

सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । 

गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति भने हुन सकेको थिएन ।