काठमाडौं - अविरल वर्षाका कारण काठमाडौंको नदी तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार राति ८:४० बजे सूचना जारी गर्दै महाशाखाले विष्णुमती, धोवीखोला सहितका क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।
गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको महाशाखाले जनाएको छ ।


0 comment