काठमाडौं - भोटेकोसी बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन् । बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भएपनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरुले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् ।

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ कैदेलेटारका स्थानीय विक्रम थापा मगरले बाढीका कारण पहिरेबेँसी, कैदेलेटार र बेत्रावती आसपासका करिब २०० घरहरू बाढीका कारण पूर्ण रूपमा बगेर ठाउँ बगरमा परिणत भएको बताए ।

उनले विद्यालय जान बसमा पठाइका अधिकांश बालकालिकाहरु बाढीमा फसेकाले तत्काल गम्भीर भएर खोजी कार्यमा लाग्न आग्रह गरे ।  उनले यस्तो ठूलो विपद् र आपतको समयमा पनि प्रभावित रसुवावासी जनतालाई राज्यले उपेक्षित गरेको गुनासो गरे।