काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अनन्तराज थापालाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। 

नेपालले भारतसँग फेब्रुअरी १३ र २५ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। थापा घरेलु फुटबलमा विभागीय टिम नेपाल पुलिसका प्रशिक्षक रहँदै आएका छन्। 

एन्फाले सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको छ भने सुरुज कुमार लामाले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका छन्।

यस्तै राष्ट्रिय टिमको व्यवस्थापक विन्द्रा देवान नियुक्त भएकी छन्।