काठमाडौं -  नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा दिउँसै घरभित्र प्रवेश गरी अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ।

फिल्म हल पछाडिको बस्तीमा रहेको समाजसेवी बाबुराम अधिकारीको घरमा आइतबार दिउँसो अज्ञात समूह प्रवेश गरी अधिकारी दम्पतीले लगाएका सुनका गहना जबर्जस्ती फुकालेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लुटेराहरूले अधिकारीको घाँटीमा लगाएको सुनको सिक्री र उनकी पत्नीको कानमा लगाएको सुनको टप जबर्जस्ती फुकालेर फरार भएका हुन्।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।