काठमाडौं - चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलामा बनेको तालबाट पानी पूर्ण रूपमा आफैं बाहिरिएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।
चिनियाँ अनुगमन टोलीको पछिल्लो विवरणअनुसार अहिले तालबाट सामान्य प्राकृतिक प्रक्रियामार्फत पानी बगिरहेको छ । त्यहाँ जम्मा भएको पानी लगभग पूर्ण रूपमा बाहिरिइसकेको छ ।
गत भदौ १० गते हिमचट्टानसहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढी आएको थियो त्यसैले ल्हेन्दे खोला पनि थुनेको थियो ।आइतबार बिहान पुन: भोटेकोशी एवं त्रिशूली नदीमा बढेको पानीको बहावले त्रिशूलीले नुवाकोट र धादिङमा तटीय क्षेत्रमा कटानसमेत गरेको छ ।
बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौंदी जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बगाएको छ । नदी कटानले कृष्णभिरमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्धसमेत भएको छ ।


0 comment