काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्ण भीरमा बाढीले सडक बगाएको छ ।
भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो ।
धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।
कृष्णभीरमा सडक भासिएर बगेको धादिङका पत्रकार शिवराज आचार्यले बताएका छन् । सडक बगेपछि यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।


0 comment