काठमाडौं - काठमाडौंबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
तीन दिनपछि सो राजमार्ग सञ्चालनमा आएको हो । भोटेकोशीको बाढीका कारण चितवनको नारायणगढसम्म प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बाढीले क्षतिग्रस्त सडक सफाइपछि गए रातिबाट सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्थामा ल्याईएको हो ।
आज बिहानदेखि काठमाडौंबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
धादिङको बैरेनी बजारमा १ किलोमिटर सडकमा मात्र एकतर्फी यातायात चल्ने अवस्था रहेको र अरू सबै सडकमा दुईतर्फी यातायात सञ्चालनमा कुनै बाधा नभएको प्रहरीले जनाएको छ ।


0 comment